![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेतामा सो दलका अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली चयन भएका छन् ।
एमाले र माओवादी मिलेर नेकपा पुनर्गठन गरेपछि शनिबार बसेको संंसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीलाई सर्वसम्मत दलको नेता चयन गरिएको हो । ओलीलाई दलको नेता बनाउन देव गुरुङले प्रस्ताव गरेका थिए ।
गुरुङको प्रस्तावालाई सर्वसम्मती पारित गरिएको थियो । दलको उपनेता, प्रमुख सचेतक, सचेतक भने चयन हुन बाँकी छ ।


