Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेतामा केपी ओली चयन

Loading

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेतामा सो दलका अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली चयन भएका छन् ।

एमाले र माओवादी मिलेर नेकपा पुनर्गठन गरेपछि शनिबार बसेको संंसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीलाई सर्वसम्मत दलको नेता चयन गरिएको हो । ओलीलाई दलको नेता बनाउन देव गुरुङले प्रस्ताव गरेका थिए ।

गुरुङको प्रस्तावालाई सर्वसम्मती पारित गरिएको थियो ।  दलको उपनेता, प्रमुख सचेतक, सचेतक भने चयन हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.