![]()
काठमाडौ,जेठ ।
यातायात सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका यातायात व्यवस्था विभागका माहानिर्देशक रूपनारायण भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मन्त्रालय तान्न चलखेल सुरु गरेका छन् । पछिल्लो समय भट्टराईसँग रुष्ट भएका महासेठले उनलाई मन्त्रालय तान्न लागेको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री महासेठले बुधबार राति विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरे पनि कर्मचारीको असहयोगका कारण पत्र थमाउन सकेका छैनन्। गत चैतमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधनसहित अरू नौ वटा नयाँ कार्यविधि ल्याएर यातायात क्षेत्रको सुधारमा महानिर्देशक भट्टराई सक्रिय थिए।
सुरूवातमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनलाई पूर्ण साथ दिए पनि मन्त्री महासेठ भने उनीसँग ससंकित थिए। यातायात व्यवस्था विभागले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि ल्याएसँगै यातायात व्यवसायीहरू उक्त कार्यविधि खारेज गर्ने र भट्टराईलाई हटाउने पहलका लागि मन्त्रीलाई गुहारिरहेका थिए।
उनीहरुले सार्वजनिक रूपमै भट्टराईप्रति इंगित गर्दै‘एक जनाले बनाएको कार्य विधि’ मान्दैनौं भनेका थिए। यसैबीच शनिबार विराटनगरको सेवा कार्यालयबाट लाइसेन्स नविकरणको उद्घाटन सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डितले गरेका थिए। त्यतिखेर मन्त्री महासेठले आफू विभागीय मन्त्री हुँदाहुँदै लालबाबु पण्डितलाई उद्घाटन गर्न लगाएकोमा रूष्ट बनेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।


