Breaking News.... EverestOnlineKhabar
June 26, 2026

 प्रधानमन्त्री कप अन्तर प्रदेश एकदिवसीय क्रिकेट जेठ १३ देखि, १० टिम सहभागी हुने

Loading

काठमाडौं।  प्रधानमन्त्री कप अन्तर प्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता आगामी जेठ १३ देखि हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदान गरी २ वटा मैदानमा संचालन हुने प्रतियोगिता जेठ २८ गतेसम्म संलाचन हुनेछ।

प्रतियोगिताको आयोजना राष्ट्रिय खेलकुद परिषद्ले गर्न लागेको हो । १० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै म्यान अफ सिरिजले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उदयीमान खेलाडीले १५ हजार तथा प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार रुपैयाँ हात पार्नेछन्।

प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ। जसमा समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब,  प्रदेश १, प्रदेश २ र प्रदेश ४ रहेका छन्। समूह ‘बी’मा नेपाल पुलिस क्लब,  प्रदेश ३, प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ रहेका छन्। समूहमा लिग हुनेछ। शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन्।

देशमा दर्जनौं टी–२० प्रतियोगिता भएपनि प्रधानमन्त्री कप राष्ट्रिय स्तरको एकदिवसीय प्रतियोगिता हो। अर्कोतर्फ नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलो पटक एकदिवसीय राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.