Breaking News.... EverestOnlineKhabar
June 26, 2026

मोदी आउँदा जनकपुरमा झ्यालढोका एक घन्टाअघि नै बन्द गर्नुपर्ने

Loading

जनकपुर।   नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै जानकी मन्दिर र बाह्रबिघा परिसरमा धारिलो चिज, मोटरसाइकलको हेलमेट, झोलापोका लिई हिँड्न पनि नपाइने भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार २८ गते मोदीको सवारीमार्ग, जानकी मन्दिर तथा बाह्रबिघाको एक सय मिटर क्षेत्रमा मास्क प्रयोगमा समेत निषेध गरिने भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि अर्को सूचना निकाली २८ गते बिहान ६ बजेदेखि बेलुका ३ बजेसम्म ट्रक, टिपर ट्याक्टर, टेम्पो, ई-रिक्सा लगायतमा निषेध गर्ने भएको छ। बस, चारचक्के सवारी, दुईचक्के सवारी र आकस्मिक सवारीहरु मात्र चलाउन पाइने ट्राफिक प्रहरीले जनाएको छ।

ढल्केबरबाट आउने सवारीलाई कभर्ड हल तथा मणिपालको एरिया, जलेश्वर तथा जट्ही तर्फबाट आउनेलाई रत्नसागर तथा बालुवा चौकी एरिया, औरही तर्फबाट आउनेलाई कपिलेश्वर बसपार्क तथा तेतरिया तर्फबाट आउने सवारीलाई पुल्चोक बसपार्कमा पार्किङको व्यवस्था छ।

रिङरोड भित्रका सबै रोड तथा शाखा बाटोका छेउछाउ कुनै पनि सवारी पार्क गर्न नपाइने प्रहरीले जनाएको छ। यस्तै मोदीको आवागमन हुने सडकमा पर्ने पसल तथा घरको झ्यालढोका सवारीको एक घन्टाअघि नै बन्द गर्नुपर्ने पनि प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.