![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसगको परमाणु सम्झौतामा अमेरिकाले आफूलाई अलग गरेको घोषणापछि खोमनीले भने, ‘ट्रम्प तिमीले गल्ती गर्याै ।’
इरानका सर्वोच्च नेता खोमेनीले ट्रम्पको घोषणालाई निकै तल्लो स्तरको बताउँदै त्यसको कुनै अर्थ नरहेको बताएका छन् । इरानी संसदमा परमाणु सम्झौताको एकप्रति पनि जलाइएको थियो । सांसदहरु अमेरिकाको विरोध गरिएका ब्यानर बोकेर ‘अमेरिका मुर्दावाद’ नारा पनि लगाइरहेका थिए । त्यसभन्दा पहिले इरानी राष्ट्रपति हसन रुहानीले आफ्नो देश बहुराष्ट्रिय परमाणु सम्झौतामा अडिग रहने बताएका थिए
अमेरिकाले तत्कालै इरानमाथि कुनै पनि नयाँ प्रतिबन्ध नलगाउने बताएको छ । अमेरिकाले ९० देखि १८० दिनभित्रमा केही निर्णय गर्ने जनाएको छ । अमेरिकाले सन् २०१५ को सम्झौताअनुसार नै इरानी उद्योगमाथि प्रतिबन्ध लगाउने जनाएको छ । यसमा इरानको पेट्रोलियम सेक्टर, विमान निर्यात, बहुमूल्य धातुको व्यपार तथा अमेरिकी डलर खरिद प्रक्रिया रहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले देखावटी रुपमा मात्रै परमाणु कार्यक्रम रोकेको अरोप लगाएका छन् । परमाणु कार्यक्रम रोक्न पाएको एक सय अर्ब अमेरिकी डलर हतियार बनाउन तथा चरमपन्थीलाई बढावा दिनका साथै मध्यपूर्वमा दमनका लागि प्रयोग गरेको आरोप ट्रम्पले इरानमाथि लगाएका छन् ।
इरानसँगको परमाणु सम्झौतामा सहभागी भएका फ्रान्स, जर्मनी तथा बेलायतले अमेरिकी कदमको विरोध गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल मेक्रोनले इरानसँगको परमाणु सम्झौता त्याग्ने अमेरिकी निर्णय दूर्भाग्यपूर्ण रहेको बताएका छन् ।
युरोपेली युनियनका विदेश मामिला प्रमुख फेडेरिका मोघेरिनीले युनियर परमाणु सम्झौतालाई संरक्षित गर्नका लागि प्रतिबद्ध रहेको जनाएकी छिन् ।


