Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिभरपुललाई १-० ले हराएको छ ।  आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ओलिभर जिरुले ३२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै चेल्सीले प्रिमियर लिगमा शीर्ष चारभित्र परेर अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै राखेको छ ।

लिगमा ३६ खेलबाट चेल्सीको ६९ अंक भएको छ । २ अंक बढी जोडेको टोटनह्याम हट्सपर ७१ अंकसहित चौथो स्थानमा रहेको छ ।

इङलिस प्रिमियर लिग फुटबलमा  ३६ खेलबाट ९४ अंकसहित म्यानन्चेस्टर सिटी शीर्ष स्थानमा छ भने ७७ अंक जोडेको म्यान्चेष्टर युनाइटेड दोस्रो स्थानमा छ । लिभरपुल भने ७२ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.