![]()
एजेन्सी । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिभरपुललाई १-० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ओलिभर जिरुले ३२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै चेल्सीले प्रिमियर लिगमा शीर्ष चारभित्र परेर अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै राखेको छ ।
लिगमा ३६ खेलबाट चेल्सीको ६९ अंक भएको छ । २ अंक बढी जोडेको टोटनह्याम हट्सपर ७१ अंकसहित चौथो स्थानमा रहेको छ ।
इङलिस प्रिमियर लिग फुटबलमा ३६ खेलबाट ९४ अंकसहित म्यानन्चेस्टर सिटी शीर्ष स्थानमा छ भने ७७ अंक जोडेको म्यान्चेष्टर युनाइटेड दोस्रो स्थानमा छ । लिभरपुल भने ७२ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।


