Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं । भिभोले लेटेस्ट स्मार्टफोन Vivo V9 Youth नेपाली बजारमा लन्च गरेको छ । भिभोले फेरी V9 सिरिजको अर्को नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । भिभो मोबाइल नेपालले केहि समय अघिमात्रै आफ्नो बहुप्रतिक्षित मिडरेन्ज फ्ल्यागशिप मोडल भिभो भी ९ सार्वजनिक गरेको थियो ।

Vivo V9 सिरिजको भीभो भी ९ युथ ६.३ इन्चको ठुलो फुलभ्यू डिस्प्ले रहेको छ । यो मिडरेन्ज फोनको मुख्य हाइलाइट यसमा रहेको एआइ इन्टिग्रेसन सहितको १६ मेगापिक्सेलको सेल्फि क्यामेरा र रियरमा रहेको डुअल क्यामेरालाई गरिएको छ ।

यसको डिजाइनलाई हेर्दा यो भिभो भी ९ जस्तै देखिन्छ । फनटच ओएस ४.० मा आधारित एन्ड्रोइड ८.१ ओरियो अपरेटीङ सिस्टममा यो फोन रन गर्छ । यसको डिस्प्लेको एस्पेक्ट रेसियो १९:९ छ ।

ओक्टाकोर स्नापड्रागन ४५० को प्रोसेसर  १.८ गिगाहर्ज क्लक स्पिडमा छ साथै  ४ जीबी र्याम छ। यसकारण भिभो भी ९ यूथले राम्रो प्रस्तुति दिने देखिन्छ ।

यो ह्याण्डसेटको क्यामेरामा एक्स्पोजर तथा आइएसओ कन्ट्रोल,डिजिटल जुम,अटो फ्ल्याश,फेस डिटेक्सन र एलइडी फ्ल्यास जस्ता फिचरहरु समावेश छन्,यसकारण मोबाइल फोटोग्राफी गर्न रुचाउने प्रयोगकर्ताहरुको लागि यो फोन एकदमै उपयुक्त हुने देखिन्छ । यो मिडरेन्ज फोनमा ३२ जीबीको अनबोर्ड स्टोरेज छ र यसलाई २५६ जीबी सम्म बढाउन सकिन्छ । यसका साथै यी सम्पूर्ण कुराहरु अपरेट गर्नका लागि ३२६० एमएएचको ब्याट्रीको प्रयोग भएको छ ।

यो फोन नेपाली बजारमा  स्याम्पेन गोल्ड र पर्ल ब्लाक गरि दुइवटा कलर भेरियेंट मा उपलब्ध छ र यसको मूल्य २९ हजार ३ सय ९० तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.