Breaking News.... EverestOnlineKhabar
June 28, 2026

इरानसँगको परमाणु सम्झौताबाट नअलग्गिन ट्रम्पलाई बेलायतको दबाब

Loading

बीबीसी । बेलायतका विदेशमन्त्री बोरिस जोन्सनले इरानसँगको परमाणु सम्झौताबाट नअलग्गिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन् । इरानसँगको अन्तर्राष्ट्रिय सम्झौतामा रहिरहनका लागि मनाउन बेलायती विदेशमन्त्री बासिङ्टनमा छन् ।

अहिलेको संवेदनशील अबस्थामा सम्झौताबाट अलग्गिदा गल्ती हुने र यसको फाइदा इरानलाई मात्रै हुने बेलायती विदेशमन्त्री जोन्सनको भनाई थियो । सन् २०१५ मा इरान, अमेरिका, चीन, रुस, जर्मनी, फ्रान्स र बेलायतबीच परमाणु सम्झौता भएको थियो । सम्झौतामा इरानले आफ्नो परमाणु कार्यक्रमलाई सिमित पार्ने र यसको बदलामा तेहेरान विरुद्धको नाकाबन्दी खुकुलो पारिने उल्लेख थियो ।

सम्झौतालाई खराब सम्झौता भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौताबाट हात झिक्ने औपचारिक घोषणा केही दिनमै गर्दै छन् । इरानका राष्ट्रपति हसन रुहानीले सम्झौताबाट अमेरिका पछि हटे उसले ऐतिहासिक पश्चाताप गर्नुपर्ने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघले पनि सम्झौताबाट नअलग्गिन ट्रम्पलाई चेतावनी दिएको छ । इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्धेश्यका लागि भन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.