Breaking News.... EverestOnlineKhabar
June 28, 2026

दैवी शक्ति प्रमाणित गर्न कर्णालीमा हाम फालेका २ धामी मध्ये एकको मृत्यु, एक बेपत्ता

Loading

कैलाली  । कर्णाली नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । शक्ति देखाउँछु भन्दै बाजुराको जगन्नाथ गाँउपालिका दुई जना धामीले कर्णाली नदीमा हामफालेका थिए । उनीहरु आफुमा दैवी शक्ति प्राप्त भएको दावी गर्दैै हामफालेका हुन् ।

हामफालेका मध्ये जगन्नाथ गाँउपालिका एकका ६१ वर्षका मान सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । वेपत्ता जगन्नाथ गाँउपालिका एकका ५३ बर्षिय जय बहादुर बिष्टको खोजी कार्य भईरहेको छ।

जगन्नाथ गाँउपालिकामा रहेको कुन्ना प्रहरी चौकीले खोजी कार्य जारी राखेको छ ।हाम फालेका दुवै जना आईतवार बिहान नदी किनारामा काप्दै थिए ।

त्यसपछि दैवी शक्ति प्राप्त भएकाले केही नुहने भन्दै नदीमा हाम फालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.