![]()
कपिलवस्तु । २५६२ औं बुद्धजयन्ती मनाउन बुद्धजन्मस्थल लुम्बिनी आकर्षक रुपमा सिँगारिएको छ । ठाँउ–ठाँउमा तुल, ब्यानर र रंगीचंगी ध्वजपताका झुण्डयाएर सजाइएको छ । नेपाली र बौद्धमार्गी झण्डा गाडेर बुद्धत्व र नेपालीपन पनि उत्तिकै झल्काइएको छ । करिब डेढ किमि लामो केन्द्रिय नहरको दुवैतिर ध्वजापताका टाँगिएको छ ।
ठाँउ ठाँउमा विश्वशान्ति र धर्मदेशनाको कामना गर्दै मंगल धुन बजाएर वातावरणलाई संगीतमय बनाइएको छ । कार्यक्रमकालागि नवनिर्मित ३ हजारजना अट्ने सभाहल पनि सजाइएको छ । महिना दिनमा ३ करोड ९७ लाख लागतमा सेनाले उक्त हल बनाएको हो ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा भव्य समारोह आयोजना गरिएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने छन् । स्वदेशी विदेशी पर्यटकले लुम्बिनी भरिभराउ बनेको छ । मायादेवी मन्दिर र पुष्करणी पोखरी पनि सरसफाई गरिएको छ ।


