![]()
कैलाली । कर्णाली नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । शक्ति देखाउँछु भन्दै बाजुराको जगन्नाथ गाँउपालिका दुई जना धामीले कर्णाली नदीमा हामफालेका थिए । उनीहरु आफुमा दैवी शक्ति प्राप्त भएको दावी गर्दैै हामफालेका हुन् ।
हामफालेका मध्ये जगन्नाथ गाँउपालिका एकका ६१ वर्षका मान सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । वेपत्ता जगन्नाथ गाँउपालिका एकका ५३ बर्षिय जय बहादुर बिष्टको खोजी कार्य भईरहेको छ।
जगन्नाथ गाँउपालिकामा रहेको कुन्ना प्रहरी चौकीले खोजी कार्य जारी राखेको छ ।हाम फालेका दुवै जना आईतवार बिहान नदी किनारामा काप्दै थिए ।
त्यसपछि दैवी शक्ति प्राप्त भएकाले केही नुहने भन्दै नदीमा हाम फालेका थिए ।


