Breaking News.... EverestOnlineKhabar
June 28, 2026

उत्तर कोरियाका पारमाणविक परीक्षण केन्द्र बन्द गर्न अमेरिकी विज्ञ जाने

Loading

बीबीसी । उत्तर कोरियाले आफ्नो पारमाणविक परीक्षण केन्द्र आउँदो मे महिनामा बन्द गर्ने भएको छ। दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार परीक्षण केन्द्र बन्द गर्न र हेर्नका लागि दक्षिण कोरियाली तथा अमेरिकी विज्ञहरूलाई निम्त्याइने सहमती भएको छ।

यसअघि शुक्रवार उत्तर कोरियाली नेता किम जङ–अन र दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्न र सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने सहमति गरेका थिए।

केही महिना अघिको वाक्युद्धको स्थितिपछि दुई कोरियाबीच भएको शिखर बैठकमा त्यस्तो सहमति गरिएको थियो । एजेन्सीका अनुसार राष्ट्रपति मूनका प्रवक्ताले पत्रकारहरूलाई भने, शिखर बैठकमा किमले मेमा पारमाणविक परीक्षण केन्द्र बन्द गर्ने बताएका छन्।

मिशिगनमा आयोजित एउटा र्‍यालीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तीन अथवा चार हप्ताभित्र कोरियाली प्रायद्वीपको निश्शस्त्रीकरणबारे उत्तर कोरियाली नेतृत्वसँग आफूले वार्ता गर्ने बताएका थिए।

दुई कोरियाली नेताहरूबीचको शिखर वार्तापछि ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मूनसँग कुराकानी गरेका छन्।

उनले किमसँगको आफ्नो भेटवार्ताको समय र स्थानबारे तय भइरहेको बताए । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प र किमबीच सिंगापुर वा मंगोलियामा भेटवार्ता हुने सम्भावना छ। यद्यपि त्यसको पुष्टि भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.