Breaking News.... EverestOnlineKhabar
June 24, 2026

क्रिकेट स्टेडियम बनाउन स्पेनबाट धुर्मुस सुन्तलीलाई एक लाख सहयोग

Loading

एजेन्सी । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने अन्तर्रा्ष्ट्रिय स्तरको क्रिकेट स्टेडियमका लागि स्पेनबाट पनि आर्थिक सहयोग गरिएको छ ।

स्पेन निवासी खेमराज जोशी, दिनेश गिरी र ईश्वर गिरीले १ लाख २९ हजार १ सय रुपैयाँ सहयोग गरेका हुन् । उक्त रकम फाउन्डेसनमा पुगेर स्पेन निवासी पत्रकार बसन्त रानाभाटले सिताराम कट्टेल (धुर्मुस)लाई हस्तान्तरण गरे ।

सहयोग रकम लिँदै कट्टेलले स्पेनबासी नेपालीहरुले संस्थागत र व्यक्तिगत रुपमा पटक–पटक सहयोग गरेको भन्दै धन्यवाद ब्यक्त गरे । उनले भने, ‘स्पेनबाट व्यक्तिगत, संस्थागत रुपमा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग हुँदै आएको छ । यस अगाडिका बिभिन्न परियोजनाहरुमा पनि यहाँहरुको सहयोग र समर्थन ठूलो रहृयो । त्यसैले हामीले बोलेका प्रतिवद्धताहरु समयमा नै पूरा गर्न सक्यौं ।’
उनले स्पेनमा बस्दै आएका नेपाली समुदाय, संघसंस्थालगायत व्यक्तिगत रुपमा सहयोग प्रदान गर्ने सबै सहयोगीहरुप्रति उनले आभार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed