Breaking News.... EverestOnlineKhabar
June 24, 2026

मृत्युदण्ड सुनाइएका यादवलाई क्षमादान, ३० लाख ‘ब्लडमनी’ बुझाउनुपर्ने

Loading

एजेन्सी । साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवले क्षमादान पाएका छन् । तर यसका लागि उनले ब्लडमनी तिनुपर्ने छ । उनले हत्या गरेको अभियोग लागेका मृतकका परिवारले माफी दिन सहमति जनाएपछि यादवको ज्यान जोगिने पक्का भएको हो ।

पाकिस्तानी नागरिकको हत्या अभियोगमा यादव सन् २००७ देखि साउदीको जुवेल जेलमा छन् । यादवले पाकिस्तानी परिवारलाई पाकिस्तानी ३० लाख ब्लडमनी दिनुपर्नेछ । अब ब्लड मनी जुटाउन अभियान पनि थालिएको छ । उनलाई सहयोग गर्न चाहानेले प्रभु बैंकमा रहेको खाता नम्बर ४९००१००९१३५८८०००००१मा जम्मा गर्न सक्नेछन् ।

पाकिस्तानको फैसलवादस्थित पीडित परिवारको घरमा पुगेर सरोज यादव नेतृत्वको नेपाली पक्षले माफीका लागि पहल गरेको थियो ।ब्लडमनी दिने शर्तमा मृतकका परिवारले यादवलाई क्षमा दिन सहमति जनाएका हुन् ।

११ वर्षअघि यादव पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या आरोपमा पक्राउ परेका थिए । उनलाई अदालतले मृत्युदण्ड दिने फैसला गरिसकेका कारण मृतकका परिवारले क्षमा नदिए उमेशलाई बचाउन सकिने अवस्था थिएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed