![]()
एजेन्सी । एप्पलले आफ्ना आगामी संस्करणका आइफोनको नाम सहज बनाउन नाम बदल्ने भएको छ । प्रविधि विश्लेषण विश्लेषक रोबर्ट चिराका अनुसार एप्पलले यो वर्ष सार्वजनिक गर्ने आफ्नो नयाँ आइफोन तथा भविष्यमा ल्याउने अन्य आइफोनको नाममा महत्वपूर्ण परिवर्तन गर्ने योजना बनाइरहेको छ ।
एप्लले यो वर्ष सार्वजनिक गर्ने भनिएको सबैभन्दा सस्तो आइफोनको नाममा आइफोन पछाडि कुनै फुर्को जोड्नेछैन र मात्र IPhone राख्नेछ । यसको अर्थ एप्पलले आइफोन ब्राण्डको पछाडि सेभेन, सिक्स, टेन आदिजस्तै कुनै नम्बर राख्नेछैन ।
एप्पलले केही समयअघि लञ्च गरेको नयाँ आइप्याडलाई साधारण रुपमा IPad मात्र नामाकरण गरेको थियो र यहीँ ट्रेण्ड आगामी आइफोनमा पनि लागू गर्ने दाबी उनको छ । यसअघि एप्पलले आइप्याड, आइप्याड टू, आइप्याड थ्री, आइप्याड फोर हुँदै गत वर्ष मात्र आइप्याड नामबाट नयाँ आइप्याड लञ्च गरेको थियो ।
गत वर्ष आइफोनले सनातनी रुपमा आइफोन सेभेन एसको साटो आइफोन एट, एड प्लस र आइफोन एक्स ल्याएको थियो । आइफोन एक्स उसको दशौँ वर्षगाँठको फ्लागसीप स्मार्टफोन थियो ।
यही जुनमा हुने कन्फ्रेन्समा एप्पलले आफ्नो सबैभन्दा सानो आकारको आइफोन, आइफोन एस इ सार्वजनिक गर्ने पनि बताइएको छ ।


