Breaking News.... EverestOnlineKhabar
October 2, 2026

कांग्रेस केन्द्रीय समिति बैठक बैशाख ७ गते, निर्वाचन समीक्षा र आगामी रणनीति मुख्य एजेण्डा

Loading

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बैशाख ७ गतेबाट पुनः सुरु हुने भएको छ । गत चैत ९ गतेदेखि जारी बैठक नेता खुमबहादुर खड्काको निधनका कारण स्थगित भएको थियो ।

बैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा निर्वाचनमा पार्टी पराजय हुनुको समीक्षा र आगामी रणनीतिबारे छलफल जारी रहनेछ । यसअघिका छलफलमा केन्द्रीय सदस्यहरु संस्थापन र पौडेलपक्षमा बाँडिएर आरोप प्रत्योरोपमा उत्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed