Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

-भावना संगीत प्रेमी

तिमीले हातपाउ छोडेको दिन

सम्झन पनि नपरोस् आमा

तिमीले दन्त जोडेको दिन ।

 

हरियो अर्थी फोडेको दिन

सम्झदा मुटु फुटेर आउछ

तिमीले धर्ती छोडेको दिन ।

 

आगोमा शरीर गलेको दिन

सम्झदै नयन रुइराछ

आमा तिम्रो देह ढलेको दिन ।

 

दागबत्ती मुखमा जोडेको दिन

सम्झन पनि नपरोस् आमा

तिमीलाई खोलैमा छोडेको दिन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.