![]()
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बैशाख ७ गतेबाट पुनः सुरु हुने भएको छ । गत चैत ९ गतेदेखि जारी बैठक नेता खुमबहादुर खड्काको निधनका कारण स्थगित भएको थियो ।
बैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकमा निर्वाचनमा पार्टी पराजय हुनुको समीक्षा र आगामी रणनीतिबारे छलफल जारी रहनेछ । यसअघिका छलफलमा केन्द्रीय सदस्यहरु संस्थापन र पौडेलपक्षमा बाँडिएर आरोप प्रत्योरोपमा उत्रिएका थिए ।


