Breaking News.... EverestOnlineKhabar
June 5, 2026

बर्षाले खेल रद्द भएपनि महेन्द्रनगर युनाइटेड प्लेअफमा

Loading

कैलाली । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा बर्षाले खेल स्थगित भएपनि काठमाडौं गोल्डेन्ससँग अंक बाँड्दै महेन्द्रनगर युनाइटेड प्लेअफमा पुगेको छ । बर्षाका कारण मैदान ओसिलो भएकाले आइतबारको पहिलो खेल स्थगित भएको हो । जसका कारण दुबै टिमले एक– एक अंक बाँडेका हुन् ।

महेन्द्रनगर चार खेलमा पाँच अंकका साथ प्लेअफमा पुगेको हो । यसअघि रुपन्देहीलाई पराजित गर्दै काठमाडौं गोल्डेन्स पनि प्लेअफमा पुगिसकेको छ ।

काठमाडौं गोल्डेन्स प्रतियोगितामा अपराजित एक्लो टिम हो । लगातार चार खेलमा जित निकाल्दै गोल्डेन्स् एक खेल अगाडि नै प्लेअफमा पुगेको हो । महेन्द्रनगरले भने शनिबार पनि बर्षाका कारण खेल हुन नसकेपछि सीवाइसी अत्तरियासँग अंक बाँडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed