![]()
चितवन । गृहमन्त्री रामबहादुर थापाले उद्योगी एवम् व्यवसायीको सुरक्षामा लागि गृहमन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ ।
चितवन उद्योग संघद्वारा आयोजित उद्यमीबीचको छलफल तथा अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले राजनीतिक आवरणमा चन्दा आतंक मौलाइरहेको गुनासो चिर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
गृहमन्त्री थापाले नेत्रबिक्रम चन्द बिप्लवतर्फ संकेत गर्दै राजनीतिक आवरणमा हुने चन्दा लगायतका आपराधिक गतिविधि बन्द नभए सरकार कडा कारवाहीमा उत्रिने चेतावनी दिनुभयो ।
नेपाल सरकारको मूल लक्ष्य नै विकास र समृद्धि भएकाले गरिबीका कारण श्रम शक्ति पलायन हुँदै आएकोमा अब सरकारले स्वदेशमै उद्योग तथा व्यवसाय गर्न युवाहरुलाई प्रोत्साहन गर्ने उहाँले बताउनुभयो ।
उद्योग व्यवसाय २४ सैं घण्टा सञ्चालन हुनुपर्नेमा जोड दिँदै मन्त्री थापाले चीन तथा भारतबाट आउने सामान नीतिगतरूपले व्यवस्थित गर्न पहल गर्ने आश्वासन पनि दिनुभयो ।


