Breaking News.... EverestOnlineKhabar
June 26, 2026

चिनियाँ राष्ट्रपति तेस्रो पटक राष्ट्रपति बन्ने बाटो खुल्ला

Loading

बीबीसी । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले कुनै पनि व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई हटाउने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित भए लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रो पटक राष्ट्रपति बन्ने बाटो खुल्ने छ । राष्ट्रपति सीलाई पुनः राष्ट्रपति बनाउन नै संवैधानिक व्यवस्था परिवर्तन गर्न लागिएको हो ।

समाचार संस्था सिन्ह्वाले बैठकले सी चिनफिङको विचारधारालाई संविधानमा समावेश गर्न पनि प्रस्ताव गरेको जनाएको छ। गत कात्तिकमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनले सीको विचारधारालाई ‘सी चिनफिङ वाद’को नाम दिएको थियो।

सो सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ को व्याख्या गरेका थिए। त्यही सम्मेलनबाट राष्ट्रपति सी आगामी पाँच वर्षका लागि पार्टी महासचिव र राष्ट्रपति चुनिएका थिए। त्यतिबेला सीको उत्तराधिकारी को हुने भन्ने विषय भने अनुत्तरित थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed