Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रहरीबिरुद्ध प्रहरीको अभियानः घुस्याह प्रहरी खोज्न गोप्यरुपमा २ सय युवा परिचालन

Loading

काठमाडौं । काठमाडौं प्रहरीले घुस्याहा प्रहरी र फरार अपराधी पक्राउ गर्न काठमाडौंमा गोप्य रूपमा २ सय जना युवालाई परिचालन गर्ने भएको छ।

काठमाडौं प्रहरीको जिम्मेवारी पाएका एसएसपी विश्वराज पोखरेलले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौंमा कार्यरत केही प्रहरी कर्मचारीका कारण संगठनकै बेइज्जत भएको भन्दै पहिला त्यस्ता प्रहरीलाई कारवाही गर्न आफू योजनाबद्धरुपमा अघि बढेको बताए ।
उनले भने–‘पहिला प्रहरी नै चोखो हुनुपर्छ, प्रहरीले लोभ देखाउन थाले अपराधीको यसै मनोबल बढ्छ,अहिले भ्यालीमा त्यस्तै भएको छ ।’
‘भ्यालीका प्रहरी भ्रष्ट भएको गुनासो जताततै आयो, र त्यो केही हदमा साँचो पनि हो, हामी पहिचान गर्दैछौं,त्यसको रिजल्ट केही दिनमा आउनेछ’, एसएसपी पोखरेलले भने ।

विभिन्न मुद्दामा फरार ३ सय ७२ जनालाई तत्काल खोजेर कानूनी दायरामा ल्याउने पनि एसएसपी पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed