Breaking News.... EverestOnlineKhabar
June 26, 2026

पाँचतारे होटेलसहित ठूला उद्योग र अस्पतालमाथि लालबाबुको ‘रेडलाइट’

Loading

काठमाडौं । सामान्य प्रशासन मन्त्री हुँदा प्रभावकारी काम गरेर चर्चित हुनु भएका एमाले नेता लालबाबु पण्डितले जनसंख्या तथा वातावरण मन्त्री बनेपछि पुनः आफूलाई ‘एक्सन ओरिएण्टेड’ मन्त्रीका रुपमा अघि बढाएका छन । उनले वातावरण प्रदुषण गर्ने बिभिन्न पाँचतारे होटल, उद्योग र अस्पतालमाथि कारवाही अघि बढाएका छन ।

वातावरणीय मूल्याङ्कन नगरी पूर्वाधार बिस्तार गर्ने पाँचतारे होटल कारवाहीमा परेका हुन । मन्त्री पण्डितको सचिवालयका अनुसार नियम मिचेर पूर्वाधार विस्तार गर्ने सोल्टी होटल, सिटी होटल, द्वारिकाज होटल र काठमाडौं गेष्ट हाउसमाथि कारवाही चलाइएको हो ।
ती होटलले वातावरणीय मूल्याङ्कन नगरी होटल सञ्चालन तथा पूर्वाधार विस्तार गरेको भन्दै मन्त्री पण्डितले प्रतिहोटल एक–एक लाख रुपैयाँ जरिवाना तिराएका हुन । ती होटललाई छिट्टै मापदण्ड पूरा गर्न पनि निर्देशन दिइएको छ ।

त्यस्तै अरनिको आबु सिमेन्टले दाङको सतबरियामा सिमेन्ट उद्योग खोल्न वातावरणीय मूल्याङ्कन गरेर तनहुँमा सिमेन्ट उद्योग चलाएको भन्दै ५० हजार जरिवाना गरिएको छ ।

वातावरणीय मूल्याङ्कन नगर्ने कमला रोलिङ प्रालि र काठमाडौं दूध वितरण आयोजना बालाजुलाई पनि ५० हजार जरिवना गरिएको छ । तोकिएको मापदण्ड छिट्टै पूरा नगरे थप कारवाही हुने जनाइएको छ । त्यसैगरी मन्त्री पण्डितले नेपाल नेशनल अस्पताल काठमाडौं, अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल, काठमाडौं मोडेल अस्पताल र काठमाडौं अस्पताल त्रिपुरेश्वरलाई कारवाही गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन् । मन्त्री पण्डितले नियम मिच्ने अन्य उद्योग, होटल र अस्पताललाई पनि कारवाही निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed