Breaking News.... EverestOnlineKhabar
June 26, 2026

एमाले स्थायी कमिटी बैठक : ‘ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने’

Loading

काठमाडौं । नेकपा एमालेले आफना अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधवार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले माओवादी केन्द्रसंग मिलेर सरकार बनाउने तयारी गरेको छ । सकभर पार्टी एकता गरेर नभए गठवन्धनकै रुपमा भएपनि सरकार गठनको तयारीमा एमाले लागेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम बुझाए लगतै एमालेले प्रधानमन्त्रीको उम्मेदवार चयन गरेको हो । प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी भएका सांसदहरुले शपथ लिएपछि ओली दलका नेता चयन हुनेछन ।

२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १२१ र माओवादीका ५३ सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.