Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी । अमेरिकाको न्यूयोर्क र न्यूजर्सीमा प्रेसर कुकर बम विस्फोट गराएका व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ । अहमद खान रहिमी नामक एक व्यक्तिले म्यानह्याटनमा एउटा विस्फोट गराउँदा ३० जना घाइते भएका थिए।

अफगानिस्तानमा जन्मिएका अमेरिकी नागरिक रहिमीलाई प्रहरीसँगको गोली हानाहानपछि पक्राउ गरिएको थियो । रहिमीले ’कसैका लागि पनि आफूले घृणा नपालेको’ अदालतलाई बताएका थिए ।

३० वर्षीय रहिमीले पछुतो नमानेको र इस्लामिक स्टेटलाई सघाउनका निम्ति जेलमा अरूलाई कट्टर विचारधारा मान्न लगाउने प्रयत्न गरेको संघीय अभियोजनकर्ताहरूले बताएका छन्।

कतिपयले ’चेल्सी बम हमलाकारी’ भनेर चिन्ने गरेका रहिमीलाई ठूलो विध्वंस निम्त्याउने अस्त्र प्रयोग गरेको र सार्वजनिक स्थानमा बम विस्फोट गराएको लगायत सबै आठवटा आरोपमा सन् २०१७ को अक्टोबरमा दोषी ठहर गरिएको थियो।

एउटा वक्तव्यमार्फत न्यूयोर्कका गभर्नर एन्ड्रिव क्वोमोले ’न्याय भएको’ प्रतिक्रिया दिएका छन्। उनले भनेका छन, “हुन त यो आदेशबाट त्यो घृणित कार्यले न्यूयोर्कवासीलाई दिएको घाउ र पीडा पुरिने छैनन्। तर त्यसले एउटा सशक्त सन्देश दिएको छ कि डर, घृणा र हिंसा निम्त्याउन चाहनेलाई हामीले छाड्नेछैनौँ।“

सन् २०१६ को सेप्टेम्बर १७ मा थुप्रै घरेलु बमहरूसहित रहिमी न्यूजर्सीको एलिजाबेथस्थित आफ्नो घरबाट निस्केका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.