![]()
काठमाडौं । नेकपा एमालेले आफना अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधवार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमालेले माओवादी केन्द्रसंग मिलेर सरकार बनाउने तयारी गरेको छ । सकभर पार्टी एकता गरेर नभए गठवन्धनकै रुपमा भएपनि सरकार गठनको तयारीमा एमाले लागेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम बुझाए लगतै एमालेले प्रधानमन्त्रीको उम्मेदवार चयन गरेको हो । प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी भएका सांसदहरुले शपथ लिएपछि ओली दलका नेता चयन हुनेछन ।
२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १२१ र माओवादीका ५३ सांसद छन् ।


