Breaking News.... EverestOnlineKhabar
June 24, 2026

मिस वर्ल्डमा सहभागी हुन चीन पुगेकी मिस नेपाल चाण्डकले सुर्के थैली बाँडिन

Loading

एजेन्सी । मिस वर्ल्डमा सहभागी हुन चीनको सान्या पुगेकी मिस नेपाल निकिता चाण्डकले सहभागी सबै प्रतियोगिहरुलाई सुर्के थैली उपहार दिएकीछिन । उनले परम्परागत नेपाली सुर्के थैली प्रतियोगीहरुलाई नेपालको चिनो भनेर बाँडेकी हुन ।

समाजिक संजालमा फोटो राख्दै उनले लेखेकी छन ‘विभिन्न देशको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागी प्रतियोगीलाई नेपालको ग्रामीण क्षेत्रमा बस्ने महिलाहरुले बनाएको सुर्के थैली बाढ्न पाउँदा खुसी छु ।’

मिस नेपाल निकिता डान्स अफ द वल्र्ड अडिसन, प्रोफाइल फोटोसुट र ट्यालेन्ट रिकल्स् लगायत कार्यक्रमा सहभागी हुनेछिन्
मिस वर्ल्डमा फाइनलको मुख्य विधा मानिने ‘ब्युटी विथ पप्रोज’को लागि मिस नेपाल निकिता चाण्डकले नेपाली युवतीहरुको महिनावारी संस्कृतिमाथि प्रोजेक्ट तयार गरेकी छिन् ।

मिस वल्र्डको ६७औं संस्करणमा नेपालबाहेक एक सय १९ देशका सुन्दरीहरु सहभागी छन् । तीन साताभित्र प्रतिस्पर्धीहरुको विभिन्न विधामा मार्किङ हुनेछ ।

आगामी मंसिर २ मा मिस वर्ल्डमा प्रतियोगीबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed