Breaking News.... EverestOnlineKhabar
June 24, 2026

यौन सम्बन्ध खुल्ने डरपछि १४ बर्षीय किशोरीले प्रेमीसंग मिलेर गरिन भाईको हत्या

Loading

सिरहा । सिरहामा एक १४ बर्षीय किशोरीले आफूले यौन सम्बन्ध राख्दै गरेको भाईले देखेपछि केटासंग मिलेर उनको हत्या गरेकी छन । कर्जन्हा नगरपालिका २ बन्दीपुरमा दिदीको अनैतिक सम्बन्धको प्रत्यक्षदर्शी रहेका १३ बर्षीय भाईको १६ बर्षीय दिदी प्रियङ्का यादव र उनको प्रेमी १४ बर्षीय संजयकुमार साहले हत्या गरेका हुन ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मृतककी ठूलोबुवाकी छोरी १६ वर्षीया प्रियङ्का यादव र छिमेकी युवक १४ वर्षीय सञ्जयकुमार साहलाई सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमाा दुवैको यौन सम्बन्ध प्रत्यक्ष देखेका १३ वर्षीय भवेशकुमार यादवको धारिलो खुकुरीले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव भेटिएको जानकारी दिइएको थियो ।
कात्तिक ३ गते हत्या गरिएका भवेशको शव कर्जन्हा नगरपालिका २ मा पर्ने नर्सरीको वनमारा घारीमा घाँटी रेटेर हत्या गरेको अवस्थामा प्रहरीले भेटेको थियो ।

शव भेटिएपछि प्रहरी अनुसन्धानमा खटिएको थियो । अनुसन्धानको क्रममा मृतककी ठूलोबुवाकी छोरी प्रियङ्का र धनुषाको धनौजीपट्टि घर भइ कर्जन्हा २ स्थित मामाको घरमा बसेर पढिरहेका सञ्जयको अनैतिक सम्बन्ध रहेको प्रारम्भिक सूचना पाएपछि प्रहरीले हप्ता दिनभित्रै अभियुक्त पक्राउ गर्न सफल भएको थियो । कात्तिक १ गते भैंसी चराउन गएकी प्रियङ्का र सञ्जयको शारीरिक सम्बन्ध देखेका भवेशले ‘घरमा सुनाइदिन्छु’ भनेपछि दुवैले हत्या गर्ने योजना बनाएका थिए । हत्या गर्ने योजना मुताविक पर्सिपल्ट कात्तिक ३ गते दुवैले ‘नर्सरीमा मोवाइल र पटाका लुकाएर राखेका छौं, लिन जाऔं’ भन्दै फकाएर वनमारा घारीमा लुकाएर राखेको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीले हत्या गर्न प्रयोग गरेको खुकुरीसहित दुवैलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । बन्दीपुरस्थित अक्सफोर्ड बोर्डिङ स्कूलमा कक्षा ४ मा अध्ययनरत भवेश कात्तिक ३ गते बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा दुई दिनपछि कात्तिक ५ गते शव भेटिएको हो । हत्यामा संलग्न रहेकी प्रियङ्का बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माविमा कक्षा ८ मा पढ्दै थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed