![]()
काश्की । नेकपा एमालेमा माधव नेपाल पक्षलाई सिफारिस नगरेको भन्दै एमाले कास्कीमा भाँडभैलो शुरु भएको छ । नेपाल पक्षलाई षड्यन्त्रपुर्वक उम्मेदवार सिफारिसमा रोक लगाएको भन्दै भाँडभैलो शुरु भएको हो ।
वरिष्ठ नेता माधव नेपालपक्ष कास्कीबाट सिफारिसमै बढारिएको थियो । एमाले कास्कीले प्रजातान्त्रिक प्रणाली अनुसार उम्मेदवार सिफारिस गरेको भनेपनि नेपाल पक्षले भने षड्यन्त्रपूर्वक आफुहरुलाई पाखा लगाएको आरोप लगाएका छन् ।
प्रदेशसभाका आकांक्षी एमालेका नेता श्रीनाथ बराल, प्रतिनिधि सभा सदस्य उम्मेदवारका आकांक्षी सांसद सीता गिरी वली, तुल बहादुर गुरुङ, प्रदेशसभाकै आकांक्षी विजयबाबु बनबासी र पूण्य पौडेलले छुट्टाछुट्टै उजुरी केन्द्रमा पठाएका छन ।
एमालेभित्र श्रीनाथ बराल, सीता गिरी वली, तुलबहादुर गुरुङ र विजयबाबु बनबासी नेपाल पक्षका मानिन्छन् भने पूण्य पौडेल बामदेव पक्षका भनेर चिनिन्छन् । गुटगत राजनीतिका कारण केही नेताहरुलाई बाईपास गरेरै उम्मेदवार सिफारिस भएको भन्दै एमालेभित्र तनाव बढेको छ ।


