![]()
भोजपुर । नेकपा एमालेका लोकप्रिय नेता एवम पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राई प्रदेश सभाको निर्वाचनमा उठने भएका छन । मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रदेश शभा निर्वाचनका लागि राई भोजपुर क्षेत्र नं २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भैसकेका छन ।
राष्ट्रिय राजनीति र स्थानीयस्तरमा समेत प्रभावशाली व्यक्तित्व बनाएका राई प्रदेश नं १ को भावी मुख्य मन्त्रीका लागि बलियो उम्मेदवार हुन । एमाले भित्र इमान्दार र जुझारु नेताको छवि बनाएका राईले संचार मन्त्री हुँदा निकै महत्वपूर्ण काम गरेका थिए । क्लिन फिड र श्रमजिवी पत्रकारको हकहीतका सवालमा उनले गरेका निर्णयको चौतर्फी प्रशंसा भएको थियो ।
राईले आफू सिफारिस भएको निर्वाचन क्षेत्रमा दुई पटक चुनाव जितिसकेका छन् । २०५६ सालको प्रतिनिधि सभा र २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा राई यो क्षेत्रमा विजयी भैसकेका नेता हुन ।


