![]()
एजेन्सी । विश्वकप अन्तर्गत युरोप छनोट अभियानमा रहको इंग्ल्याण्डको नेतृत्व अब ह्यारी केनले गर्ने भएका छन् । पूर्व कप्तान बायन रुनीले सन्यास लिएपछि इंग्ल्याण्ड फुटबल टिमको कप्तानको जिम्मा कसलाई दिइन्छ भन्ने ठूलो कौतुहल थियो ।
घरेलु टोली इंग्ल्याण्डले विश्वकपअन्तर्गत युरोप छनोटमा बिहीबार राति स्लोभेनियासँग प्रतिस्पर्धा गर्दैछ । समूह एफको शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले यो खेलमा जित हात पारे विश्वकपमा छनोट हुने छ । स्लोभेनिया समूहको तेस्रो स्थानमा छ । ६ खेलमा जित र २ खेलमा बराबरी खेलेको इंग्ल्याण्डको २० अंक रहेको छ ।
विम्ली रंगशालामा हुने खेलमा घरेलु टोली इंग्ल्याण्ड सहज जित हात पार्दै विश्वकपमा स्थान बनाउने दाउमा छ । स्लोभेनिया पनि विश्वकप छनोट नजिक रहेको छ । स्लोभेनियाको ४ खेलमा जित, २ खेलमा पराजित र २ खेलमा बराबरी खेल्दै १४ अंक बनाएको छ ।
त्यस्तै, समूह एफ अन्तर्गत नै बिहीबार राति दोस्रो स्थानमा रहेको स्लोभाकियाले स्कटल्याण्डको सामना गर्दैछ । त्यस्तै, यसै समूहमा रहेको लिथुएनियाले मल्टासँग प्रतिस्पर्धा गर्दैछ ।


