Breaking News.... EverestOnlineKhabar
June 19, 2026

कांग्रेस बैठकमा सरकारबाट माओवादीलाई ‘किक आउट’ गर्न केसीको प्रस्ताव, शुक्रवार बिहान केन्द्रीय समिति बैठक बस्दै

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार नछोडीकनै बिपक्षी एमालेसंग गठवन्धन घोषणा गरेपछि कांग्रेस चिढिएको छ । कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा माओवादीलाई सरकारवाट हटाउनुपर्ने प्रस्ताव आएको छ ।

बिहीबार बसेको कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसंह केसीले संसदीय राजनीतिमा कुनैपनि दललाई प्रतिपक्ष र सत्तापक्ष दुवैतर्फ बस्ने अधिकार नभएको भन्दै माओवादीलाई सरकारबाट ‘किक आउट’ गर्न प्रस्ताव गरेका हुन् ।

केसीको सो प्रस्तावबारे गम्भीर छलफल नभएपनि माओवादी मन्त्रीहरुलाई हटाउनुपर्ने पक्षमा धेरै नेताहरु देखिएका छन । केही नेताहरु भने माओवादीलाई सरकारबाट तत्काल हटाउन नहुने पक्षमा छन । यी विविध विषयमा छलफल गर्न कांग्रेसले शुक्रवार बिहान केन्द्रीय समितिको बैठक बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed