![]()
काठमाण्डाैँ , असाेज १६ – जेनजी आन्दोलनमा घर जलेपछि सिर्जना सिंहको दुखेसो- दसैं हो कि दशा छुट्टयाउन गाह्रो परिरहेको छ
पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले महाअस्टमीको दिन मंगलबार फेसबुकमा भावुक स्टाटस राखेकी छन्। २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर स्व। गणेशमान सिंहकी बुहारी पनि रहेकी सिंहले क्षतिग्रस्त चाक्सीबारीको घरको तस्बिर राख्दै दुखेसो पोखेकी हुन्।
‘दसैं होकी दशा छुट्टाउन गाह्रो परिराछ। दिल दिमाग ले काम गरेको छैन,’ सिर्जनाले लेखेकी छन्, ‘एउटा घरमा तीन पुस्ता बस्छन् भन्नेसम्म पनि हेक्का नराख्नेहरूलाई कुन शब्दमा भनु रु लेख्न आएन।’ घरका सामानसँग पनि भावनात्मक सम्बन्ध हुने कुरा उल्लेख गर्दै उनले अगाडि लेखेकी छन्, ‘कति भावनात्मक सम्बन्ध गाँसिएका हुन्छन् घरका सामानहरूमा । सबै जलेर नष्ट हुँदाको पीडा बेग्लै हुदो रहेछ।’ उनले भनेकि छन् ।
उनको परिवारसँग भएको हाम्रो कुराकानीले झल्काउँछ कि त्यो रात परिवारका सदस्यहरुका अंगालोमा थिइन्। आगो फैलँदा समयमै केही सामान निकालिन सकियो। विशेष गरेर, चाडपर्व नजिकै रहेकाले तयारी भएकै थियो भने पनि त्यो ज्यादै सीमित थियो। अब तिनको अस्तित्त्व नै संकटमा छ — ओछ्यान, लत्ताकपडा, भाँडाकुँडा, प्रत्येक आधारभूत सामग्री नयाँ खरिद गर्नुपर्ने अवस्था रहेकाे छ ।


