Breaking News.... EverestOnlineKhabar
April 19, 2026

बसको ब्रेक फेल भएर मोटरसाइकलमा सवार दुईको मृत्यु

Loading

हेटौँडा , असाेज १५ – बाराको चुरियामाई मन्दिर नजिकै बुधबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराका अनुसार बिहान करिब १० बजे जनकपुरबाट काठमाडौं आइरहेको ना ७ ख ८५३७ नम्बरको बस पथलैया–हेटौंडा सडकखण्डको उकालो चढ्ने क्रममा अचानक ब्रेक फेल हुँदा पछाडि रहेका दुई मोटरसाइकल (ना १२ प ३३६० र म.प्र. ०३–०२४ प ४४९५) लाई किचेको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार बारा, फेटा गाउँपालिका–१ भरवलियाका २५ वर्षीय मंकेश्वर पटेल र पर्सा वीरगंज महानगरपालिका–३१ का २६ वर्षीया कवितादेवीको मृत्यु भएको हो । उनीहरुलाई कलैया प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा मंकेश्वर पटेलकी २० महिनाकी छोरी तानेया पटेल, अर्को मोटरसाइकलका चालक २७ वर्षीय कञ्चन कुमार पटेल र उनका ३ वर्षीय छोरा आयुष पटेल घाइते भएका छन् ।बस चालक सर्लाही लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि केही समय यातायात अवरुद्ध भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed