Breaking News.... EverestOnlineKhabar
June 3, 2026

Loading

 काठमाण्डाैँ,२४ भाद्र-  प्रदर्शनकारीले सिंहदरबारको मुख्य भवनमा समेत आगजनी गरेका छन् । अहिले सिंहदरबारको कोठाकोठामा आगो दन्किरहेको छ ।

सिंहदरबार राणाकालीन ऐतिहासिक सम्पदा हो । यो मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत छन् ।

नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अहिले पूर्णरुपमा प्रदर्शनकारीको कब्जामा छ ।

सिंहदरबारको पश्चिमतर्फ रहेको मूल गेटमा चढेर प्रदर्शनकारीले राष्ट्रिय झण्डा फहराएका छन् ।

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा ईस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । त्यतिबेला १ हजार ७०० वटा कोठाहरू रहेको यो भवन त्यस बेलाको एसियाभरिकै सबैभन्दा ठूलो दरबार थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed