![]()
काठमाण्डाैँ – २३ अाज जेनजिकाे अान्दाेलमा घाईतेकाे संख्या बढेकाे छ ।बिहान करिब १० बजे माइत घर देखि नयाँ बानेश्वर काे सांसद भवन सम्म प्रर्दशन भएकाे थियाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।
प्रदर्शनका क्रममा घाइते भएकाहरूको यकिन विवरण भने आइसकेको छैन । मन्त्रालयले अहिले विभिन्न अस्पतालमा विवरण संकलन गर्ने कार्य गरिरहेको छ ।
दिउँसो ४ बजेसम्म मन्त्रालयले लिएको विवरण अनुसा सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा छन् ।
त्यस्तै, ट्रमा सेन्टरमा २४, केएमसी अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा १५ र एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन् ।
केही घाइतेहरूलाई पाटन अस्पताल पनि पुर्याइएको छ । पाटन अस्पतालमा भएका घाइतेहरूको विवरण मन्त्रालयले संकलन गर्दैछ ।
थप समाचार अाउन बाकि छ ।


