Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एमाले विधान महाधिवेशनको आज अन्तिम दिन : अध्यक्षले दिने जवाफ, निर्वाचन आयोग चयन हुने

Loading

काठमाडौं, २२भदौ — नेकपा (एमाले) को विधान महाधिवेशन आज अन्तिम चरणमा प्रवेश गरेको छ। तीन दिनसम्म चलेको महाधिवेशनको समापन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूबाट उठेका जिज्ञासाहरूको जवाफ दिने कार्यक्रम तय गरिएको छ।

विधान महाधिवेशनमा पार्टीको आन्तरिक संरचना, संगठनात्मक दिशा, नीति तथा विधानमा संशोधन सम्बन्धी विषयहरूमा व्यापक छलफल भएको छ। विभिन्न सातै प्रदेश तथा जनवर्गीय संगठनबाट आएका प्रतिनिधिहरूले विधानमा सुधार तथा संशोधनका लागि लिखित र मौखिक सुझाव प्रस्तुत गरेका थिए।

महाधिवेशनको आजको अन्तिम सत्रमा निर्वाचन आयोगको चयन पनि हुने कार्यक्रम छ। आयोगले आगामी दिनमा पार्टीको आन्तरिक निर्वाचन प्रक्रिया सहज, निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्ने जिम्मेवारी लिनेछ।

महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गरेका राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा केन्द्रीत बहस पछिल्लो दुई दिनमा भएको थियो। अध्यक्ष ओलीले आज समापन सत्रमा प्रतिनिधिहरूका सवालहरूको समेटिएको जवाफ प्रस्तुत गर्नेछन्।

महाधिवेशन सकिएपछि संशोधित विधानलाई आधिकारिक रूपमा पार्टीले सार्वजनिक गर्ने बताइएको छ। यस विधानमार्फत एमालेले आगामी राष्ट्रिय महाधिवेशनको तयारीसँगै संगठनलाई थप सुदृढ बनाउने रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित भदौ २० गतेदेखि एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed