Breaking News.... EverestOnlineKhabar
June 4, 2026

सुनको मूल्यमा नयाँ कृतिमान, तोलाको मूल्य पुग्यो २ लाख १२ हजार

Loading

काठमाडौं, २२ भदौ — नेपाली बजारमा सुनको मूल्यले फेरि एकपटक नयाँ कृतिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य प्रतितोला रु. २,१२,०० मा पुगेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।

अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा रु. २,५०० को वृद्धि भएको हो। यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला रु. २,०९,७०० कायम गरिएको छ।

गत वर्षको यही समयमा सुनको मूल्य करीब रु. १ लाख ५० हजारको हाराहारीमा थियो। त्यसको तुलनामा अहिलेको मूल्यले ४० प्रतिशतभन्दा बढीको वृद्धि देखाएको छ।

विशेषज्ञहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, डलरको अवमूल्यन, तथा लगानीकर्ताहरूको सुनप्रतिको आकर्षणले विश्वबजारमा सुनको मूल्यमा लगातार उकालो यात्रा गरिरहेको छ। त्यसको सीधा असर नेपाली बजारमा परेको हो।

नेपाल आयातमा निर्भर रहेको हुँदा, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको प्रभाव यहाँ पनि देखिनु स्वाभाविक हो। साथै, भन्सार महसुल, डलरको विनिमय दर, र माग–आपूर्तिको असन्तुलनले पनि मूल्य वृद्धिमा थप योगदान पुर्‍याएको व्यवसायीहरू बताउँछन्।

आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार, प्रतितोला चाँदीको मूल्य रु. २,७३० मा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा रु. ३० ले वृद्धि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed