Breaking News.... EverestOnlineKhabar
April 19, 2026

काँग्रेसलाई हैसियतभन्दा बढी सिट नमाग्न अध्यक्ष नेपालको चेतावनी

Loading

मोरङ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसले हैसियतभन्दा बढी सिट मागेको बताएका छन् ।

मोरङको विराटनगरमा आज आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले काँग्रेसले मंसिरको चुनावमा सत्ता गठबन्धनसंग आफ्नो हैसियतभन्दा बढी सिट मागेकाले केहि समस्या उत्पन्न भएको बताएका हुन् ।

२०७४ को चुनावमा काँग्रेसले जम्मा २३ सिट जितेको र अहिले त्यसको तीन गुणा लैजाउ भन्दा पनि काँग्रेसमा अहंकार बढेको अध्यक्ष नेपालले बताए ।

‘२३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार भएको उनको भनाइ छ । कांग्रेसमा अहंकार देखिएको छ। सय सिट चाहियो भनिरहेको छ । उब्रेको सिट तिमीहरु बाँड भन्छ । हामीले उसलाई भनेका छौं, तिमीहरुले आफ्नौ हैसियतभन्दा बढी माग्ने आँट नगर। ०७४ सालमा कांग्रेसले जितेको जम्मा २३ सिट हो । त्यसको तीन गुणा काँग्रेसले लिँदा हुन्छ भनेका छौं। हामी ७० भनिरहेका छौं । उ सय भनिरहेको छ, समस्या यहिँनीर छ’, अध्यक्ष नेपालले भने ।

उनले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने दावी गरेका छन् । समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट एकिकृत समाजवादीले जित्ने उनको आकंलन छ ।

सिट भाँडफाँटका लागि गठबन्धनबीच बालुवाटारमा छलफलका नाममा बालुवा पेल्न खोजिरहेको उनले बताए। उनले आफ्नो पार्टीको अहिलेको स्थान सुरक्षित गर्न लाग्नुपर्नेमा कार्यकर्तालाई निर्देशन समेत दिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकिकृत समाजवादीसंग चुनावअघि नै पार्टी एकताको प्रयास भइरहेको बताइरहेका बेला नेता नेपालले त्यसमा सत्यता नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed