![]()

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा.वेदुराम भुसालले मुलुकमा विद्यमान असमानताको अन्त्य गरी नागरिक स्वतन्त्रता कायम गर्न माक्र्सवादी दर्शन उपयुक्त र वैज्ञानिक भएको बताएका छन्। नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीको आज भएको प्रथम उपत्यका विशेष प्रदेश सम्मेलनमा बोल्दै नेता भुसालले समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक भाषिकलगायतका विभेद विद्यमान रहेकाले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले नागरिकका राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका पक्षमा मार्क्सवादी विचार केन्द्रित रहेको उल्लेख गर्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई त्यस्ता क्षेत्रमा क्रियाशील हुन निर्देशन पनि दिए।
संविधान र लोकतन्त्रको रक्षाका लागि विद्रोहबाट स्थापित आफ्नो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन, विकास र रूपान्तरणका लागि सक्रिय रहेको उनले बताए ।


