Breaking News.... EverestOnlineKhabar
April 18, 2026

Loading

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका काँग्रेस नेता अफताब आलमलाई सांसदको उम्मेदवार नबनाउने स्पष्ट पारेका छन् । आज मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले सम्बन्धित निर्वाचन क्षेत्रले उम्मेदवारमा सिफारिस गरे पनि आलमलाई पार्टीले उम्मेदवार नबनाउने प्रष्ठ पारेका हुन्।

कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदै छ’, भनेर प्रसंग उठाएपछि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका थापाले आलमको उम्मेदवारीबारे बोल्न बाध्य भएका हुन् ।

संविधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दाखेरी पनि छाती ठोकेर यो हामीले गरेको निर्णय हो भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हुँदैन, हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा आश्वस्त पार्छु, नेता थापाले प्रष्ट पारे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed