Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

उदयपुर । उदयपुरमा एकै परिवारका ३ जनाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीकाअनुसार हत्या आरोपमा ४० वर्षीय नरबहादुर बस्नेत पक्राउ परेका हुन् ।

जिल्लाको बेलका नगरपालिका-७ दिलुङटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता र १२ वर्षीय छोरा सुजनको हत्या आरोपमा उनलाई प्रहरीले पक्राउ गरि अनुसंन्धान थालेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सुवास खनालले जानकारी दिए ।

उनकाअनुसार पक्राउ परेका नरबहादुर हत्या गरिएका राजकुमारका दाइ हुन् । स्थानीय वालिङ खोलामा बस्नेत परिवारका ३ जनाकै हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed