Breaking News.... EverestOnlineKhabar
April 19, 2026

श्रीमतीको हत्या आरोपमा बाराबाट श्रीमानसहित एक महिला पक्राउ

Loading

वीरगञ्ज। श्रीमतीको हत्या आरोपमा बाराबाट श्रीमानसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर टोल बस्ने २७ वर्षीय सैमोदिन अंसारी र २५ वर्षीया अप्सना खातुन पक्राउ परेको प्रहरीले जनाएको छ। अप्सना हत्या गरिएकी सहनाजकी जेठानी हुन् ।

सैमोदिनको श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्यामा संलग्नता देखिएकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

भदौं १६ गते बिहीबार सहनाजको घरमै शंकास्पद मृत्यु भएको पाएपछि प्रहरीले अनुसन्धानका क्रममा उनिहरुलाई पक्राउ गरेको हो । सहनाजको शरीरमा कुटपिट गरिएको घाउचोट देखिएपछि प्रहरीले श्रीमान सैमोदिनसँग सोधपुछ गर्दा सैमोदिनले घटनामा भाउजु अप्सना समेतको संलग्नता रहेको बताएपछि दुबैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। दुवै जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed