Breaking News.... EverestOnlineKhabar
April 19, 2026

सांसद बिना बुढाथोकीको प्रष्टोक्तीः एमाले प्रवेशको हल्ला मात्रै हो

Loading

काठमाडौं । कंचनपुरबाट नेकपा एकिकृत समाजवादीकी संघीय सांसद बिना बुढाथोकीले आफु एमाले प्रवेश गरेको हल्ला मात्रै भएको बताएकी छन् । हिजो कंचनपुरमा आयोजित नेकपा एमालेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सांसद बुढाथोकी पनि एमाले प्रवेश गरेको भन्ने खबरमा कुनै सत्यता नभएको भन्दै उनले आफु एकिकृत समाजवादी मै रहेको प्रष्ट पारेकी हुन् ।

हामीलाई प्रतिकृया दिदैं सांसद बुढाथोकीले भनिन्, ‘एमालेबाट विद्रोह गरी एकिृकत समाजवादीमा आउँदा संगै आएका साथीहरुको चाहना हुनसक्छ फेरी एमालेमा संगै फर्किउँ, तर उहाँहरु जानुभयो म गईन् ।’

पार्टी प्रवेशका लागि प्रस्ताव आएको तर आफुले अस्विकार गर्दा पनि पार्टी प्रवेश गरेको भन्दै नाम घोषणा गरिएकोप्रति दुख लागेको सांसद बुढाथोकीको भनाई छ ।

‘पार्टी प्रवेश गर्नेको नाम लिष्टमा मेरो पनि नाम राखेर मलाई सोधेका होलान, तर मैले अस्विकार गरेको थिए । त्यसपछि मेरो नाम लिष्टबाट हटाईदिनु पथ्र्यो । त्यो नगर्दा म पनि एमाले प्रवेश भन्ने खबर आयो, जुन सत्य होइन्’, सांसद बुढाथोकीले भनिन् ।

केपी ओलीले प्रधानमन्त्री हुँदा पार्टी ब्यक्तिगत निर्णयमा चलाउन खोजे र संविधान विपरीत दुई / दुई चोटी संसदको हत्या गर्ने काम गरेकाले माधव नेपालको नेतृत्वमा आफुहरु संविधान र लोकतन्त्र बचाउन विद्रोह गर्न वाध्य भएको उनको भनाई छ ।

एकिकृत समाजवादी पार्टी विशेष परिस्थितीमा गठन भएकाले यसको औचित्यबारे अहिले नै प्रश्न गर्ने समय नआएको सांसद बुढाथोकीले बताइन् । आफु कुनैपनि राजनीतिक स्वार्थमा नहिंडेको भन्दै उनले कठिन समयमा निमार्ण गरेको एकिकृत समाजवादी पार्टीलाई थप बलियो र जनतामुखी बनाउनमा आफु सधैं लागिपर्ने प्रतिवद्धता पनि गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed