![]()

काठमाडौं । कैलालीमा डेंगुको संक्रमणबाट एक युवतीको ज्यान गएको छ। स्वास्थ्य कार्यालय कैलालीले दिएको जनाएअनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया युवतीको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।
उनको मृत्युको कारण अस्पतालले डेंगु भएको पुष्टि गरेको छ।
डेंगुको संक्रमणबाट युवतीको ज्यान गएकोबारे बिस्तरीत विवरण आइनसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रणको महाशाखा काठमाडौंले जनाएको छ ।
कोरोना संक्रमणको महामारी बिस्तारै कम हुँदै गइरहेका बेला डेंगु संक्रमणले सताउन थालेको छ । बिशेषगरी लामखुट्टेको टोकाईबाट हुने डेंगुका बिरामीले आजभोली अस्पतालहरु भरिने गरेका छन् ।


