![]()

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले क्षेत्र र प्रदेश तोकेरै गठबन्धनमा भागवण्डा मिलाउने तयारी भइरहेको समेत उनले बताए।
आज सुर्खेत विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी पनि गरे । कुराकानीमा प्रचण्डले नेकपा (एकीकृत समाजवादी) सँग एकताको प्रयास भइरहेको र निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे ।
यो पटक प्रतिनिधि र प्रदेश दुबै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए। एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकिर गरे ।


