![]()

काठमाडौं । निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दलले आगामी निर्वाचनमा भाग लिन नपाउने जनाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिने सबै दलहरुले आफ्नो वार्षिक आयव्यय विवरण बुझाए मात्रै निर्वाचनमा सहभागी हुन पाउने अयोगले जनाएको छ ।
आयोगमा दर्ता भएका ११६ वटा राजनीतिक दलमध्ये आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि ८४ वटा दलहरु मात्रै नाम दर्ता गराएको आयोगले जनाएको छ। दर्ता भएका ८४ वटा दलहरु सबैले आफ्नो वार्षिक आयव्यय विवरणको अडिट रिर्पोट अनिर्वाय बुझाउनु पर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।
आयोगमा दर्ता भएका दलहरुले बुझाएको कागजातको अध्ययन भइरहेको र अध्ययन सकेर केही दिनमै निर्वाचनमा भाग लिन पाउने राजनीतिक दलहरूको सूची सार्वजनिक गरिने सहयक प्रवक्ता अर्यालले बताए ।


