![]()

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले नागरिकता विधेयक प्रमाणीकरण गर्न दिउँसो नभएर राति पठाउनु पर्ने सुझाव दिएका छन् । विधेयकमाथि छलफलन गर्न जारि प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्दर्भमा उनले व्यंग्यात्मक शैलीमा राति पठाउँदा प्रमाणीकरण हुन सक्ने बताएका हुन् ।
नागरिकता विधेयक पुनह राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला, उक्त विधेयक राष्ट्रपति कार्यालयमा पठाउँदा दिउँसो पठाउनु भएन सभामुख महोदय, यो राति पठाउनुपर्यो । किनभने अलि अप्ठ्यारा कामहरु राति नै फत्ते हुन्छन् । प्रमाणिकरण गर्नुपर्ने होला, त्यसो भा हुनाले दिउँसो नपठाउनु होला हाम्रा मन्त्री ज्युहरुलाई । किनभने यो बानी पर्याछ राष्ट्रपति कार्यालयलाई’, सांसद महतले भने ।’


